अध्यक्षको कलमबाट
सैनामैना नगरपालिका वडा नं. १, रुपन्देहीमा रहेको पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयमा सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्दछौं ।
सैनामैना नगरपालिका वाडं नं. १ मा स्थाई घर भएको म कमलराज घिमिरेले आफ्नो नियमित शैक्षिक अध्ययन पुरा गरे पछि के गर्ने भन्ने विषयमा अन्तर आत्मा मन्थन पछि मेरो अन्तर आत्माले सरकारी सेवामा प्रवेश गरी जनताको सेवा गर्ने अठोटका साथ लोकसेवा आयोगद्वारा लिईने प्रतियोगितात्मक परिक्षा उतिर्ण गरी जागिरे जिवनको शुरुवात गरियो । ३३ वर्षे जागिरे जिवनमा विभिन्न स्थानका विभिन्न सरकारी कार्यालयहरुमा विभिन्न पदमा रही सेवा गर्ने अवसर प्राप्त भयो । कर्तव्यनिष्ठाका साथ इमान्दारीपूर्वक जनतामा सर्मपित भई सेवा गर्दै अन्त्यमा अधिकृत आठौं तहबाट २०७६-०१-१६ मा अनिवार्य अवकाश प्राप्त भयो । जागिरे जिवनमा आफुले सिकेका अनुभव गरेका ज्ञान र शिपलाई समाजसेवामा लगाउनु पर्छ भन्ने अठोटका साथ समाजमा रहेका विभिन्न संघ संस्थाहरुमा विभिन्न पदमा रही सेवा गर्ने अवसर प्राप्त भयो सोमा म के कती सफल भए सोको मूल्यांकन गर्ने जिम्मा पनि मैले समाजलाई नै दिएको छु ।
यही सिलसिलामा मेरै वडामा रहेको नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपाद्वारा संचालित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कार्य समितिको अध्यक्ष पदमा रही सेवा गर्नुपर्छ भनी समाजका अगुवा गन्यमान्य व्यक्तित्वहरुको सुझावसल्लाह तथा अनुरोधमा लगभग ११०० जना सदस्य रहेको उक्त संस्थाको मिति २०७८ भाद्र २६ गतेमा सम्पन्न १० औ साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा गरिएको निर्णयानुसार म उक्त संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सम्पूर्ण संरक्षकहरु, सल्लाहकारहरु, संस्थागत सदस्यहरु तथा आजीवन सदस्यहरु प्रति म आभार प्रकट गर्दछु ।
प्राकृतिक चिकित्सा पद्धति, रोगी निरोगी र निरोगी दीर्घजीवि भन्ने मूल उद्देश्यका साथ स्थापित यस चिकित्सालयबाट प्राकृतिक चिकित्सा सेवा नियमित रुपमा संचालन भैरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं । पञ्चतत्वबाट बनेको शरीरलाई पञ्चतत्व माध्यमबाटै उपचार गरिने विधि नै प्राकृतिक चिकित्सा पद्धति हो । याहाँ अनुभवि प्राकृतिक चिकित्सकहरुबाट विभिन्न दीर्घ र अल्प रोगहरु सफलताका साथ उपचार गरिनुका साथै योग, ध्यान तथा प्राणायामका माध्यमबाट उपचारार्थीहरुलाई शारिरिक पुनर्ताजगी गरिन्छ ।
यस पद्धतिले मानिसलाई प्रकृतिको नियम विपरित गर्ने व्यवहार, आहार विहारबाट उत्सर्जित हुने विभिन्न प्रकारका रोगहरुलाई प्राकृतिक विधिबाटै खानपान आहार विहारको अनुशासनमा राखेर व्यवहार गर्न सिकाउदै प्रकृति पद्धत्त बनाउँदछ ।
यहाँ एनिमा, अक्कुपञ्चर, अक्कुप्रेशर, वाष्पस्नान, माटोस्नान, योगाथेरापी, फिजियोथेरापी, हाइड्रोथेरापी, मालिस लगायतका विविध सेवा सुविधाहरु प्रदान गरिन्छ ।
सफलताका साथ उपचार गरिने प्रमुख सेवाहरु
- मधुमेह, थाईराईड तथा हर्मोनसँग सम्बन्धित समस्याहरु
- मुटुरोग, मृगौला रोग, कलेजो र फोक्सोको रोगहरु
- ग्यास्ट्रिक, कब्जियत, अपच, आन्द्रा तथा पेटका समस्याहरु
- पाईल्स, फिस्टुला, फिसर आदि गुद्द्वारका समस्याहरु
- कोलस्ट्रोल बढेको, उच्च तथा निम्न रक्तचापका समस्याहरु
- ढाड, कम्मर गर्दन, घुडा तथा अन्य जोर्नीहरु दुख्ने समस्याहरु
- हडडी खिईएको, नसा च्यापिएको, साईटिका आदी हाडजोर्नीका समस्याहरु
- प्यारालाईसिस, मुख बाङ्गिने, आदी अर्थोपेडिक समस्याहरु
- फ्रोजन सोज्जर, टेनिस एल्बो आदी अर्थोपेडिक समस्याहरु
- यौन तथा प्रसुती महिनावारी गडबडीका समस्याहरु
- अनिद्रा, तनाब, माईग्रेन, डर, डिप्रेसन आदी मानसिक समस्याहरु
- चायाँपोतो, डण्डीफोर दाद सोराईसिस आदी छालाका समस्याहरु
- दम, खोकी, रुघा, पिनास, निमोनिया आदी समस्याहरु
म आफै पनि सुगर व्लड प्रेशर, ग्यास्ट्रिक ढाड तथा जोर्नीहरु दुख्ने समस्याले गर्दा लगभग १ महिना यसै चिकित्सालयमा उपचार गरी मलाई धेरै नै राहत भएको महसुस गरेको छु र माथि उल्लेख भएका रोगीहरुले समयमै उपचार गरी फाईदा लिनुहुन आव्हन गर्दछु । यहाँ उपचारमा लाग्ने सेवा शुल्क यसै वेवसाईटमा उल्लेख गरिएको छ ।
धन्यवाद !!!