सैनामैना नगरपालिका वडा नं. १, रुपन्देहीमा रहेको पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालयमा सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत गर्दछौं ।
सैनामैना नगरपालिका वाडं नं. १ मा स्थाई घर भएको म कमलराज घिमिरेले आफ्नो नियमित शैक्षिक अध्ययन पुरा गरे पछि के गर्ने भन्ने विषयमा अन्तर आत्मा मन्थन पछि मेरो अन्तर आत्माले सरकारी सेवामा प्रवेश गरी जनताको सेवा गर्ने अठोटका साथ लोकसेवा आयोगद्वारा लिईने प्रतियोगितात्मक परिक्षा उतिर्ण गरी जागिरे जिवनको शुरुवात गरियो । ३३ वर्षे जागिरे जिवनमा विभिन्न स्थानका विभिन्न सरकारी कार्यालयहरुमा विभिन्न पदमा रही सेवा गर्ने अवसर प्राप्त भयो । कर्तव्यनिष्ठाका साथ इमान्दारीपूर्वक जनतामा सर्मपित भई सेवा गर्दै अन्त्यमा अधिकृत आठौं तहबाट २०७६-०१-१६ मा अनिवार्य अवकाश प्राप्त भयो । जागिरे जिवनमा आफुले सिकेका अनुभव गरेका ज्ञान र शिपलाई समाजसेवामा लगाउनु पर्छ भन्ने अठोटका साथ समाजमा रहेका विभिन्न संघ संस्थाहरुमा विभिन्न पदमा रही सेवा गर्ने अवसर प्राप्त भयो सोमा म के कती सफल भए सोको मूल्यांकन गर्ने जिम्मा पनि मैले समाजलाई नै दिएको छु । पुरा पढ्नुहोस